आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले सोमबार वेबसाइट लन्च गर्दै, के–के छन् विशेषता ?

आइतबार, १० मङ्सिर २०८०, २१ : ०१
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलि (सोमबार) आफ्नो आधिकारिक वेभसाइट लन्च गर्ने भएको छ । माओवादीको प्रचार विभागले लामो समयको गृहकार्यपछि भोलि वेभसाइट लन्च गर्न लागिएको हो । 

देखाउनेभन्दा पनि दिगो हिसाबले जाने गरी प्रविधिलाई प्रयोग गरी वेभसाइट निर्माण गरिएको टास्क फोर्सका संयोजक निर्मलकुमार ज्ञवालीले जानकारी दिए । वेभसाइट केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । www.ncpmc.org लगइन गरी वेभसाइट भिजिट गर्न सकिन्छ । ज्ञवालीका अनुसार वेभसाइटमा पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने विशेषता रहेको छ । 

‘पाठक कहाँ बसेर हेर्छन् त्यहि क्षेत्रको समाचार आउनेदेखि लिएर नेपाली शब्दलाई पनि पढेर सुनाइदिने प्रविधि प्रयोग गरेका छौँ । हुँदै नहुनुभन्दा हतारमा लन्च गर्न लागिएको हो । सबै भरेरभन्दा पनि सार्वजनिक गरौँ त्यसपछि भर्दै जाउँला भन्ने हिसाबले गर्न लागिएको हो’, साइटबारे जानकारी दिँदै उनले भने, ‘हामीले गतिविधि मूलकलाई स्थान दिएका छौँ । अन्य पार्टीको वेभसाइट म्याटरहरूलाई बढी प्रोत्साहन दिएको छ । हामीले भइरहेको कार्यक्रम स्रोतको रुपमा लिनेगरी झण्डै न्युज पोर्टलको रुपमा लन्च गर्न लागिएको छ ।’

यसले पूर्णता पाइसकेपछि एउटा सामान्य पत्रकारलाई माओवादीबारे भोलि विस्तृत सूचना चाहिएको खण्डमा काफी हुने आधार तयार भएको ज्ञवालीले बताए । यस्तै नेपाली ग्रामर चेक गर्ने फिचर यसमा भएको र पाठ्य सामाग्री तथा सूचनामुलक बढी बनाएका उनको भनाइ छ । 

यसलाई निरन्तरता दिनका लागि एउटा टिम नै तयार गरेर दैनिक भएका कार्यक्रम र पार्टीका गतिविधि वेभसाइटमा आउने गरेर राख्ने उनको भनाइ छ । 

‘यसको लागि आवश्यक कर्मचारी, आइटी विज्ञसहितको व्यवस्था गरेका छौँ’, उनले भने । अहिले सामान्य पदाधिकारीको मात्रै जनकारी मात्र राखिएको छ ।

वेभसाइटमा प्रदेश संरचनाका बारेमा पनि जानकारी हुनेछ । यस्तै पार्टीको अभियानका फोटो र भिडियो, प्रदेशले जारी गरेका प्रेस वक्तव्य, जन सेवा र विकास निर्माणमा गरिएका कार्यहरु, जवस र मोर्चाको लोगो, संगठनात्मक संरचना र प्रदेशका महत्पूर्ण समचार हुने माओवादी केन्द्रले जनाएको छ । 

ज्ञवालीको संयोजकत्वमा सातजना प्राविधिक साइट निर्माणमा खटिएका छन् ।

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप