सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका प्रमुख चार सहरमा माओवादीको कार्यक्रम : राजतन्त्र नफर्किने उद्घोष

आइतबार, १० मङ्सिर २०८०, २३ : ५६
आइतबार, १० मङ्सिर २०८०

मुम्बई । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको सहभागितामा भारतका चार प्रमुख सहरमा आइतबार कार्यक्रम सम्पन्न भएको छ । पार्टीको जारी विशेष रुपान्तरण अभियान अन्तर्गत प्रवासमा रहेका कमिटीलाई सशक्त र चलायमान बनाउने उद्देश्यअनुरुप नेकपा माओवादी केन्द्रले आइतबार मुम्बई, पञ्जाब, दिल्ली र बैंग्लोरमा कार्यक्रम सम्पन्न गरेको हो । 

पार्टीको अखिल भारत नेपाली एकता मञ्च अन्तर्गत संयुक्त राज्यस्तरीय जनसभा मुम्बईमा सम्पन्न भएको छ । पार्टी निकट महाराष्ट्र, गोवा, गुजरात राज्य समितिस्तरीय संयुक्त कार्यक्रममा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको सहभागिता रहेको थियो । 

3

यस्तै पञ्जावमा भएको जनसभालाई केन्द्रीय सदस्य लक्ष्मण पन्त, दिल्लीमा भएको जनसभालाई उपमहासचिव मातृका यादव र बैंग्लोरमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य ईश्वरी भण्डारी र अखिल भारत एकता मञ्चका केन्द्रीय महासचिव चक्रबहादुर मलातीले सम्बोधन गरेका थिए । सो क्रममा नेताहरुले पार्टीको पक्षमा माहोल बढेको भन्दै प्रवासी नेपालीहरुको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए । 

यस्तै पछिल्लो समय प्रतिगामी शक्ति सक्रिय बनेको जस्तो देखिएपनि गणतन्त्रलाई कसैले हल्लाउन नसक्ने समेत उनीहरुले जिकिर गरेका थिए । महाराष्ट्रको राजधानीको मुम्बईमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नेपाली जनताको ठूलो त्याग, तपस्या र बलदानीबाट परास्त राजतन्त्र कुनै हालतमा नब्युँतिने बताए ।

6

‘राजतन्त्र मसानघाटमा गइसकेको छ । अब फर्किँदैन’, उनले उद्घोष गरे ।  उनले माओवादी नेतृत्वको सरकारले जनतको पक्षमा राम्रो काम गरिरहेको भन्दै केही कमजोरी रहेमा सच्याउँदै जान तयार रहेको पनि बताए । उनले भारतमा रहेका प्रवासी नेपालीले परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले उच्च मूल्यांकन गर्ने बताए । उनले पार्टीलाई सशक्त बनाउन भूमिका खेल्न आग्रह गर्दै राम्रो काम गर्ने पार्टीले अवश्य पनि उच्च मूल्यांकन गर्ने उनको भनाइ थियो । 

5

पार्टीलाई आगामी निर्वाचनबाट बलियो अवस्थामा पुर्याउने लक्ष्यका साथ रुपान्तरण अभियान सञ्चालन गरिएको बताउँदै शर्माले अभियानले माओवादीमा रक्तसञ्चार गरेको जिकिर गरे ।  सोही कार्यक्रममा समन्वय समितिका सदस्य तथा अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव मोहनसिंह देवकरले परिवर्तनको आन्दोलनमा मुम्बईमा रहेका नेपालीहरुले ठूलो योगदान रहेको बताए ।

 महाराष्ट्र राज्य समितिका सभापति कृष्ण राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  अखिल भारत नेपाली एकता मञ्चका सचिव ललित बिक, ओम बिक, दीपक बिकलगायतको पनि उपस्थिति रहेको थियो । 

7

यस्तै अन्य सहरमा आयोजित कार्यक्रममा पनि केन्द्रीय नेताहरुबाहेक एकता मञ्चमा आबद्ध नेता तथा कार्यकर्ताहरुको बाक्लो संख्यामा उपस्थित रहेको थियो । माओवादीको रुपान्तरण अभियानअन्तरगत प्रवास समन्वय समितिले भारतसहित अमेरिकाज, ओसियाना, युरोप, मध्यपूर्व र पूर्वी एसिया क्षेत्रमा रहेका पार्टी निकट संगठनमाझ शसक्त ढंगले कार्यक्रम गरेको बताइएको छ ।

891011393728132_1370364187215375_1691656384043178160_n

370335286_1094104975088472_2236475609785724923_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप