सिंगापुरमा थोत्रा बसबाट लक्जरी होटल तयार
सिंगापुर । सिंगापुरमा बसमा चढ्न एक सिंगापुर डलर मात्रै तिरे पुग्छ । तर एउटा बसमा निदाउन भने ३९८ सिंगापुर डलर तिर्नुपर्छ । यी बस कलेक्टिभका हुन् । जहाँ थोत्रा भएर चलाउन छाडिएका बसहरुको मर्मत सम्भार गरेर यिनलाई लक्जरी होटलका कोठामा परिणत गरिएका छन् ।
सार्वजनिक बस सेवा प्रदायक एसबीसी ट्रान्जिटको २० वटा पुराना बसलाई रेनोभेट गरेर होटलका कोठाको रुपमा चलाउन लागिएको हो । यो होटल डिसेम्बर १ देखि औपचारिक रुपमा खुल्दैछ । बुकिङ भने होटलको वेबसाइटमा अहिले नै पनि गर्न पाइन्छ ।
बस कलेक्टिभ सिंगापुरका छाङ्गी गाउँमा छ । यो होटल करीब ८ हजार ६०० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो होटलमा सात थरीका कोठाहरु छन् । हरेक श्रेणीका कोठा फरक फरक छन् । तर सबै हरेक कोठा ४५ वर्ग मिटरका छन् । एउटामा ३ देखि ४ अतिथि अटाउन सक्छन् । केही कोठामा बाथटब र किङ्ग साइजको बेड पनि छन् । अधिकांश भित्री हिस्सा निकालिएको भएपनि स्टेरिङ ह्विल, चालकको सिट र झ्यालहरु भने बसकै छन् ।
पर्यटन, प्रकृति र वातावरणलाई जोगाउने विषयलाई एकै साथ कसरी लैजान सकिन्छ भनेर यो प्रयोग गरिएको बस कलेक्टिभको अवधारणा अगाडि सारिएको यसका संस्थापक सिंगापुरको ट्राभल एजेन्सी डब्लयूटएिस ट्राभल एन्ड टुर्सलले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ल : जीवनको अन्तिम अध्याय
-
३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
-
भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
-
कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण