शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निद्राको स्तर सुधार्न चाहनु हुन्छ ? यी स–साना बानी अपनाउनुस्

सोमबार, ११ मङ्सिर २०८०, १५ : ५१
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । निद्राले हाम्रो शरीरमा अनगिन्ती प्रभाव पार्छ । भरपुर निद्राले शरीरलाई रिचार्ज गर्न मद्दत गर्छ । तर खराब र बिथोलिएको निद्राले हामीलाई सधैँ चिडचिडे बनाउँछ, निराशा बढाउँछ र बिसन्चो महसुस हुन्छ । तर कयौँ कारणले गर्दा हामी राति राम्रोसँग सुत्न वा निदाउन पाउँदैनौँ ।

तर दिनभर केही बानी व्यवहारामा स–साना परिवर्तन गरेरै तपाईँले आफ्नो निद्राको स्तर सुधार्न सक्नु हुन्छ । दैनिक तालिकामा यी स–साना बानी अपनाएर हामीले शरीरको सरक्याडियन रिदममा सुधार ल्याउन सक्ने मेलाटोनिन र कर्टिसोलको उत्पादनमा सन्तुलन बनाउन सकिन्छ र अन्ततः निद्रा र स्वास्थ्य अवस्थामा सुधार्न सकिने पोषणविद् मरिना राइट भन्छिन् । 

के हुन् त ती बानीहरु ?

बिहानको कलिलो घाममा बस्ने

छालालाई बिहानको कलिलो घाममा सेकाउँदा पुनःतार्जगीको आभाष हुन्छ । यसो गर्दा शरीरले पर्याप्त मात्रामा भिटामिन डी पनि पाउँछ । सधैँ सुत्ने र उठ्ने समय तालिका पनि प्राकृतिक उज्यालो र अँध्यारोको चक्रअनुसार बनाउनुस् । अर्थात् अबेर रातसम्म बस्ने र बिहान घाम चर्किने बेलासम्म सुत्ने बानी त्याग्नुस् । यसले पनि राति छिट्टै निदाउन हामीलाई मद्दत गर्छ ।

व्यायामको तालिकामा हेरफेर

सुत्ने बेलातिर सकेसम्म व्यायाम नगर्नुस् । यसले आरामसँग निदाउन सक्ने शरीरको अवस्थामा खलल पुर्याउँछ । कठोर खालको व्यायाम र परिश्रम पर्ने कामहरु बरु दिउँसो समयमा गर्नुस् ।

हरेक दिन एउटै समयमा उठ्ने

दिनहुँ एउटै समयमा उठ्न थाल्यौँ भने शरीरलाई यो रुटिनमा एडजष्ट हुन सजिलो हुन्छ र यो हाम्रो बानी बन्दै जान्छ । सोही अनुसार निद्राको चक्र पनि सुध्रिन थाल्छ ।

कफीको सेवनमा ध्यान दिने

कफीले निद्रा भगाउँछ । साँझ वा रातिको बेलामा कफी खाइएको छ भने अबेरसम्म निद्रा नलागेको महसुस त तपाईहरु सबैले गर्नु भएको होला । कफी सेवनले हाम्रो निद्रामा अवरोध पुर्याउछ । निद्रा सुधार्न चाहनु हुन्छ भने तपाईँले पिउनु भएको अन्तिम कप कफी र सुत्ने समयबिच कम्तीमा पनि ८ देखि १० घण्टाको अन्तर बनाउनुपर्छ ।

सन्तुलित भोजन

खानामा नियमित रुपमा सन्तुलित भोजन खाऔँ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्न मद्दत गर्छ र कर्टिसोलको मात्रा बढ्न पनि दिँदैन । राति सुत्नुअघि पेट चर्किने गरी खानु पनि हुन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप