नमोबुद्धद्वारा नागरिकका घरदैलोमै सेवा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवामार्फत नागरिकको घरदैलोमै सेवा उपलब्ध गराउन थालेको छ । घुम्ती सेवामा नगरले वडा कार्यालयमा नै योजना सम्झौता, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता गर्न थालिएको जनाइएको छ ।
कार्यक्रमअन्तर्गत कृषि तथा पशुसम्बन्धी घरदैलामै सेवा प्रदान गरिरहेको कार्यालयका योजना अधिकृत विष्णुकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार नगर कार्यालयबाट भौगोलिकरूपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजस्व सङ्कलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपाङ्गतालगायतका लक्षित वर्ग सम्बन्धमा नगरबाट प्रदान गरिने सेवासहित सबै वडास्तर तथा घरदैलोमा सेवा प्रदान गरिएको हो ।
घुम्ती सेवा यही मङ्सिर मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरी नागरिकको घरदैलोमै सेवा पुर्याइएको नगरप्रमुख कुन्साङ लामाले बताए । उनले भने, “नगरका आम नागरिकलाई घरदैलोमै सेवा सुविधा दिने हाम्रो उद्देश्य रहँदै आएको छ ।”
यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट स्वीकृत वार्षिक विकास योजना (नीति, कार्यक्रम तथा बजेट) कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको अम्लेटमा काँडा : सर्वसाधारणको स्वास्थ्य झन् कति जोखिममा ?
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु
-
वित्तीय विधामा ६ लाख सब्सक्राइबर पुग्ने पहिलो च्यानल बन्यो 'आइडियाप्रेन्योर नेपाल'
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप
-
इन्धनको मूल्य नघटाएकोमा कांग्रेस महामन्त्रीको आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण