आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाइफलाई सम्मान
मङ्गलबार, १२ मङ्सिर २०८०, १७ : १०
काठमाडौँ । इन्डियन च्याम्वर अफ कमर्सद्वारा आयोजित चौथो आइसीसी इमर्जिङ एसिया कन्क्लेभमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।
भारतको मुम्वईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बिमा कम्पनीहरूमध्ये उत्कृष्ट कम्पनीहरूलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेस प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो ।
विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बिमा कम्पनीहरूको कार्य सम्पादन मूल्याङ्कन लगायतका अन्य विधिहरूलाई स्वतन्त्र मूल्याङ्कन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।
कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण