सम्बन्ध र द्वन्द्व बोल्ने ‘चित्रा’को फस्टलुक सार्वजनिक
काठमाडौँ । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको तीन फरक फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का, मेनुका प्रधान र अन्जना बराईली लगायतलाई देख्न सकिन्छ ।
बाबुछोरीको कथा भन्ने फिल्ममा आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतको समेत अभिनय छ ।
आशिष थापा मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सन्तोष अधिकारी हुन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । महेश पौडेलले छायाङ्कन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको सम्पादन छ ।
सन्तोष अधिकारी फिल्मस्को ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्म स्वदेशमा केदार पराजुली र अष्ट्रेलिया अविनाश रोका मगरले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर मनसुन फैलिँदै : धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश, स्टेफन युस्टाकियो बने नायक
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण