नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, पहिलो हुनेलाई ५० हजार पुरस्कार
बुधबार, १३ मङ्सिर २०८०, १३ : २६

काठमाडौँ । नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ । विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने