शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हर्ट अट्याकलाई निम्तो दिने चार बानी

बिहीबार, १४ मङ्सिर २०८०, ०८ : ०७
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । मुटु हाम्रो शरीरको पम्पिङ मेशिन हो । यसले पूरै शरीरलाई रगत पठाउँछ । यही रगतमार्फत शरीरको हरेक अङ्ग–अङ्गमा अक्सिजन र पोषक तत्त्व पुग्छ । तर यो मेशिन बिग्रियो भने के हुन्छ ? पक्कै पनि जीवन नै जोखिममा पर्छ । त्यसैले पनि मुटुलाई बलियो बनाउन जरुरी छ । मुटुको स्वास्थ्यबारे बढी सचेत रहन आवश्यक छ ।

तर पछिल्लो समय युवा पुस्ताहरूमा हर्ट अट्याक बढिरहेका छन् । आधुनिक जीवनशैलीमा हाम्रा केही यस्ता बानीहरूले हर्ट अट्याकको जोखिम बढाइरहेका छन् । के हुन् यस्ता बानीहरू ? आजको यस लेखमा हामीहरू यसैबारे कुराकानी गर्नेछौँ ।

सधैँ तनावमा रहने :
अमेरिकी मुटु सङ्गठनका अनुसार तनाव, चिन्ता र डिप्रेसनले मुटुको मांसपेशीमा निकै धेरै क्षति पुर्‍याउँछ । जो मानिसहरू धेरै तनावमा रहन्छन् उनीहरू धेरै रक्सी र चुरोट पनि सेवन गर्न थाल्ने पनि अध्ययनले देखाएको छ । यसले मुटुको सङ्कट झनै बढाउँछ । तपाई पनि आफ्नो मुटुलाई बलियो बनाउन चाहनु हुन्छ भने तनाव घटाउनुस् । आफूलाई मन पर्ने रुचि, मनलाई खुसी दिने बानीहरूमा ध्यान लगाउनुस् । सकारात्मक मान्छेका बीचमा बस्नुस् ।

dep

रक्सीको सेवन:

रक्सीको सेवनले केलेजोलाई त खराब गर्छ नै यो मुटुको लागि पनि हानिकारक छ । धेरै रक्सी खानाले उच्च रक्तचाप,  कार्डियोमायोप्याथी, स्ट्रोक र अन्य रोगको खतरा बढ्छ । त्यसैले कुनै पनि हालतमा रक्सी सेवन नगर्नुस् । रक्सीको लत बसिसकेको छ भने यसलाई छोड्ने प्रयास गर्नुस् । आफैँले रक्सी छाड्न सक्नु भएन वा गाह्रो भइरहेको छ भने प्रोफेसनलको सहयोग लिन सक्नु हुनेछ ।

alcohol-consumptio

धुम्रपानः

हर्ट अट्याकका लागि चुरोट र कुनै पनि स्वरूपका सुर्तीजन्य वस्तु सबैभन्दा खतरनाक हो । चुरोटमा रहेको निकोटिनले मुटुको धड्कनलाई बढाइदिन्छ । जसका कारण रक्तचाप बढ्छ अनि मुटुको मांसपेशी कमजोर हुन्छ ।

Woman-Smoking

मोटोपना र मधुमेह:

मोटोपना र मधुमेहले हर्ट अट्याकको जोखिमलाई कयौँ  गुणा बढाइदिने अध्ययनहरूले देखाएका छन् । त्यसैले आफ्नो खानपानमा विशेष ध्यान दिनुस् । स्वास्थ्यकर अनि सन्तुलित भोजन गर्नुस् । मोटोपना र मधुमेह भएको व्यक्तिमा कोलेस्ट्रोल बढिरहेको छ भने हर्ट अट्याकको खतरा झनै बढ्छ ।

motopana

कसरी बच्न सकिन्छ हर्ट अट्याकबाट ?

माथि उल्लेख गरिएको नराम्रा बानीहरू त्याग्नुस् । हरेक दिन आधा घण्टादेखि ४५ मिनेटसम्म व्यायाम गर्नुस् । स्वास्थ्यकर र सन्तुलित भोजन खानुस् । ताजा हरियो साग र तरकारी खानुस् । मौसमअनुसारका फलफूलको सेवन गर्नुस् । अति प्रशोधित खानेकुरा, प्रशोधित खानेकुरा, डब्बामा बन्द भएर आउने खानेकुरा, तेलमा बढी भुटिएका वस्तु आदिको सेवन गर्दै नगर्नुस् । तनाव लिने काम बन्द गरौँ । हरेक रात यथेष्ट निदाउनुस् । सामाजिक जीवनमा खुसी रहने कोसिस गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप