अभिनेता रणदीप हुड्डाले गरे प्रेमिका लिनसँग विवाह
बिहीबार, १४ मङ्सिर २०८०, १२ : ०१
मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन् । ४७ वर्षीय रणदीपले ३७ वर्षीय प्रेमिका लिन लैशरामसँग बिहीबार विवाह गरेका हुन् । उनीहरूको मणिपुरी परम्परा अनुसार विवाह भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
विवाहमा रणदीपले मणिपुरको खास पगडी र सेतो रङ्गको धोती कुर्था लगाएका थिए, भने लिनले सेतो र गुलाबी रङ्गको मणिपुरी सारी लगाएकी थिइन् । विवाहमा परिवारका सदस्य र साथीभाइ मात्रै सहभागी रहेको बताइन्छ । रणदीप लामो समयदेखि लिनसँग डेटिङमा थिए ।
‘ओम शान्ति ओम’, ‘म्यारी कोम’, ‘रंगुन’, ‘मटरूकी बिजलीका मंडोला’, ‘जाने जान’ लगायत फिल्ममा अभिनय गरेका रणदीप अव फिल्म ‘वीर सावरकर’मा देखिनेछन् । यो फिल्म उनले निर्देशन गरेका हुन् । यो उनको निर्देशनमा डेब्यु फिल्म पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण