भारतले ९७ तेजस लडाकु विमान र १५० प्रचण्ड हेलिकप्टर खरिद गर्ने
बिहीबार, १४ मङ्सिर २०८०, २० : ४५
नयाँ दिल्ली । भारत सरकारले ९७ वटा तेजस क्लास लडाकु विमान र १५० प्रचण्ड क्लास हेलिकप्टर खरिद गर्न बिहीबार प्रारम्भिक स्वीकृति दिएको छ ।
समाचार एजेन्सी पीटीआईले आधिकारिक स्रोतहरूको हवाल दिँदै रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा रक्षा अधिग्रहण परिषद्ले पनि सुखोई ३० लडाकु फ्लीटलाई वायुसेनामा अपग्रेड गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो ।
यसका लागि सरकारले १.३ लाख करोड भारतीय रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ । यससँगै रक्षा मन्त्रालयले छिट्टै परिषद्द्वारा स्वीकृत प्रस्तावहरूको बारेमा थप जानकारी दिने समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण