जनार्दन शर्मा बिहान ६ बजे देखिनै अस्थायी आवास निर्माणमा सक्रिय
शनिबार, १६ मङ्सिर २०८०, ०९ : २२
रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, अरबारे स्यानोबारी टोलमा शनिबार बिहानैदेखि अस्थायी आवास निर्माणमा सक्रिय भएका छन् ।
कार्तिक १७ गतेको भूकम्पले यहाँका धेरैजसो घरमा क्षति पुर्याएको थियो । शर्माको कमान्डमा एउटा समूहले बिहानैदेखि आवास निर्माण सुरु गरेको हो ।
उक्त स्थानमा एकै साथ तीन वटा अस्थायी आवास निर्माण भइरहेका छन् । शर्माको कमान्डमा जिल्लाभर तीन हजार भन्दा बढी स्वयंसेवक खटाइएको छ।
उनीहरुले धमाधम अस्थायी आवास निर्माणको काम गरिरहेका छन्। मङ्सिरभित्र नै अस्थायी आवास निर्माण गरेर त्रिपालमा रहेका नागरिकलाई अस्थायी आवासमा सारिसक्ने लक्ष्यका साथ काम भइरहेको शर्माले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण