फोटोफिचर
तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु, तस्बिरहरू
शनिबार, १६ मङ्सिर २०८०, १४ : ४०

काठमाडौँ । काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिभल सुरु भएको छ । ३९ देशका ३४० कलाकृति बबरमहलको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको छ ।
यो कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।
कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सृजना अहिले प्रदर्शनीमा राखिएको छ । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपालको आयोजनामा भएको यो महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडी सम्मानित
-
सुगम पोखरेलको ‘यति छिटो’ गीत सार्वजनिक
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल