एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
सोमबार, १८ मङ्सिर २०८०, ०७ : ५७
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आज बस्दैछ । महासचिव घनश्याम भुसालले आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
भुसालका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।
सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण