भारतीय विदेश मन्त्री एस जयशंकर जनवरीको पहिलो साता नेपाल आउँदै
काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि उनी नेपाल आउन लागेका हुन् ।
उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । संयुक्त बैठकमा के-के एजेण्डामा छलफल हुने त्यसको बारेमा तयारी सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयले जनवरीको पहिलो साता उनी नेपाल आइपुग्ने भए पनि हालसम्म मिति भने तय नभएको बताएको छ । सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।
भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुने बताइएको छ । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिसकेको छ । त्यस विषयमा पनि सम्झौता हुने भनिएको छ ।
यसअघिको मन्त्रीस्तरीय संयुक्त बैठक प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री रहेको बेला २०७७ माघमा दिल्लीमा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण