‘एनिमल’ले ४ दिनमा कमायो ४०० करोड
मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : १९
मुम्बई । रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ प्रदर्शनको सुरुवातको दिन देखिनै राम्रो आम्दानी गर्न सफल देखिन्छ । गत शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ४०० करोड कमाउन सफल भएको छ ।
भारतमा मात्र फिल्मले पहिलो दिन ६३.८० करोड, दोस्रो दिन ६६.२७ करोड, तेस्रो दिन ७२.५० करोड, चौथो दिन २९.९० करोडको व्यवसाय गर्न सफल भएको छ । फिल्मले भारतमा मात्र २४१ करोड कमाएको छ भने संसारभरबाट अहिलेसम्म ४०० करोड कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
३ घण्टा २१ मिनेटको फिल्मले सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको छ । सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ले भरिएको छ ।
फिल्ममा अनिल कपुर, रणवीर कपुर बाबुछोराको भूमिकामा छन् । रणवीर र अनिलको अलावा फिल्ममा रश्मिका मन्दाना र बबी देओलको पनि मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण