भारतीय बैंकसँग नेपाल बैंकको आयात निर्यात व्यापार सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेडले एक्जिम बैंक इन्डियासँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ट्रेड असिस्टेन्स प्रोगाम अन्तर्गत सम्झौता गरेको छ ।
नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक भएको जनाइएको छ ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम, अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।
दुई संस्थाहरू बीच भएको हस्ताक्षर कार्यक्रममा बैैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले व्यापारिक सम्झौता गर्न पाउँदा खुसी लागेको बताइन् । ‘हामी एक्जिम बैंकसँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी बैंकसँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा छौँ’, उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण