बैंकहरुसँग अधिक तरलता थुप्रियो, २ दिनमा ३५ अर्ब तान्दै राष्ट्र बैंक
बिहीबार, २१ मङ्सिर २०८०, ११ : ०२
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप लिदैछ । बैंकहरुसँग अधिक तरलता थुप्रियसँगै अघिल्लो दिन १० अर्ब लिएको बैंकले बिहीबार थप २५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज सार्वजनिक बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ निक्षेप लिइनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २ बजे अनलाइन विडिङ सिस्टम सफ्टवेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । यस निक्षेप संकल उपकरण आजै जारी हुने बैंकले जनाएको छ ।
७ दिनका लागि जारी हुने निक्षेप संकलनको साँवा ब्याज २०८० पुस ५ गते भुक्तान हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण