आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु
आइतबार, २४ मङ्सिर २०८०, १० : ५९
बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेका भरुवा बन्दुक पड्किएर गएराति एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका छन् ।
रातको समयमा फापर खान आएको जङ्गली जनवार (दुम्सी) मार्न जाने बेलामा बाटोमा चिप्लिएर आफैँले बोकेको बन्दुक पड्किँदा सारु घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएकाे थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण