शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु बैंक र ॐ हस्पिटलबिच छुटसम्बन्धी सम्झौता

मङ्गलबार, २६ मङ्सिर २०८०, २० : ०७
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक ॐ अस्पतालले तीन दशक अघिदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरूमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप