फिल्म ‘आचार्य’ पुनः रिलिज हुने
शुक्रबार, ०४ जेठ २०८१, १४ : ५२
काठमाडौँ । फिल्म ‘आचार्य’ पुनः रिलिज हुने भएको छ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म पुनः रिलिज गर्न लागेको फिल्मका कलाकार तथा गायक सत्यराज आचार्यले बताए ।
यसअघि फिल्म सन् २०११ मा रिलिज भएको थियो । १३ वर्षपछि फिल्मलाई पुनः दर्शकमाझ ल्याउन लागिएको हो । गायक आचार्यप्रति ट्रिब्युटको रुपमा फिल्म पुनः हलमा ल्याउन लागिएको हो । फिल्म आगामी असार ७ गतेबाट प्रदर्शनमा ल्याउन लागिएको हो ।
फिल्ममा सत्यराजले भक्तराजको भूमिका निर्वाह गरेका छन् । सत्यराजको अलवा फिल्ममा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको समेत अभिनय छ ।
प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्म रिलिजका लागि निर्माण युनिटले शनिवार एक कार्यक्रम समेत राखेको छ । कार्यक्रममा फिल्मको नयाँ ट्रेलर रिलिज र अन्य जानकारी दिइने कलाकार आचार्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण