नरेन्द्र मोदीले शेयर गरे अभिनेत्री रश्मिका मन्दनाको भिडियो
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्नाको पोस्टमा प्रतिक्रिया दिएका छन् । उनले रश्मिकाको भिडियो पोस्ट शेयर गरेका छन् ।
मान्छेहरूलाई एक अर्कासँग जोड्नु र जीवन सुधार्नु जस्तो सन्तुष्टि दिने चिज अरू केही छैन भन्दै मोदीले पोस्टमा भनेका छन् । रश्मिकाले हालै निर्माण सम्पन्न भएको मुम्बई ट्रान्स हार्बर लिङ्कमा भिडियो खिच्दै भिडियोको प्रशंसा गरेकी थिइन् ।
यो हार्बर लिङ्कलाई अटल बिहारी वाजपेयी सेवारी–न्हावा शेवा अटल सेतु नाम दिइएको छ । अटल पुलको तारिफ गर्दै रश्मिकाले एक ठाउँबाट अर्काे ठाउँ जान २ घण्टा लाग्ने ठाउँमा अहिले २० मिनेटमा पुग्न सकिने बताएकी छन् ।
२२ किमी लामो यो पुल समुद्रमा बनेको सबैभन्दा लामो पुल भएको पनि रश्मिकाले भनेकी छिन् । रश्मिका यतिबेला आगामी फिल्म ‘पुष्पा: द रुल’ को कारण चर्चामा छिन् ।
उनको जन्मदिनमा फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको थियो । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्ममा उनी श्रीवल्लीको भूमिकामा देखिनेछिन् । रश्मिका छिट्टै सलमान खानसँग ‘सिकन्दर’ र विक्की कौशलसँग ‘छावा’ मा देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण