'मानिस सुखी नभई समृद्धि प्राप्त हुन सक्दैन'
काठमाडौँ - भौतिक विकासले मात्र शान्ति समृद्धिको सपना पूरा नहुने भएकाले सुखप्राप्तिका लागि आध्यात्मिक अभ्यास गराउनुपर्नेमा जोड दिइएको छ ।
विश्वशान्ति तथा अध्यात्म विकास समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र नागरिक समाज नीति तथा प्रशिक्षण विभागले शनिबार संयुक्तरुपमा आयोजना गरेको पत्रकार भीमसेन सापकोटाको ‘सुख सुत्र’ पुस्तक विमोचन समारोहमा वक्ताले मानिस सुखी नभई समृद्धि प्राप्त हुन नसक्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मानसिक शान्ति स्थापना गर्ने अभियन्तालाई देशभर खटाउन सम्बन्धित सरकारी अधिकारीलाई अनुरोध गर्ने प्रतिबद्धता जनाए ।
आध्यात्मिक अभियन्ता चिन्तामणि योगीले नेपालमा सुख भए पनि सुविधा नभएको बताए ।
कार्यक्रममा वाल्मीकि विद्यापिठका सहप्राध्यापक श्रीराम सापकोटा, पत्रकार स्वागत नेपाल, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल, च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, रक्षा नेपाली, अध्यक्ष मेनुका थापा, साहित्यकार युवराज नयाँघरे, नागरिक समाजका निगम हुमागाईं र विदुरप्रसाद सापकोटाले मानिस आफूले आफैँलाई नचिनेर दुुःखी हुने गरेको धारणा राखे ।
एक दशकअघिदेखि अष्ट्रेलियामा रहेर पत्रकारिता र साहित्य सिर्जनका साथै आध्यात्मिक अभियानमा सक्रिय सापकोटा, आचार्य राजन शर्माको नामबाट समेत परिचित छन् ।
उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्ष हुनुहुन्छ । सापकोटाले १८ देशका २५ शहरमा योग, ध्यानलगायत आध्यात्मिक अभ्यास गराइरहनुभएको सो अवसरमा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव