सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन

बिहीबार, २८ मङ्सिर २०८०, १५ : २५
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौं । नेपाली कांग्रेसले मातहतका कार्यसमितिलाई पद रिक्त भएको विवरण पठाउन निर्देशन दिएको छ।  महामन्त्री गगन थापाले मंसिर २५ मा प्रदेश र जिल्ला कार्यसमितिहरूलाई रिक्त पदको विवरण पठाउन परिपत्र गरेका हुन् ।

पार्टीका प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका, वडामा निर्वाचन हुन बाँकी रहेका पद वा विधानत् विविध कारणले रिक्त रहेका पदको विवरण पठाउन महामन्त्री थापाको परिपत्रमा भनिएको छ ।

प्रदेश कार्यसमितिलाई प्रदेश भित्रका रिक्त पद, मनोनीत गर्न बाँकी पदबारे विवरण पठाउन भनिएको छ भने जिल्ला कार्यसमितिले जिल्ला र तल्लो सबै तहका रिक्त पद र मनोनीत गर्न बाँकी रहेको अभिलेख पठाउनुपर्ने परिपत्रमा उल्लेख छ।

रिक्त पदको विवरण आइसपेपछि पुनः निर्वाचन र मनोनित गरी पार्टी संरचनालाई परिपुर्ति गर्ने कांग्रेसको तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप