श्रेयस तलपडेलाई हर्ट अट्याक
नयाँ दिल्ली । बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ ।
उनी बिहीबार बिहानै सुटिङका लागि निस्किएका थिए । अबेर रात मात्रै घर आए । आफूलाई अलि बिसन्चो भएको उनले श्रीमतीलाई बताए । तर अचानक उनको स्वास्थ्य थप बिग्रियो अनि उनलाई अस्पतालमा भर्ना गरियो । श्रेयस पछिल्ला केही दिनदेखि वेलकम टू जंगलको सुटिङमा व्यस्त छन् । २५ जना स्टारको भिड रहेको यो फिल्ममा श्रेयस पनि मुख्य भूमिकामा छन् ।
हालै मात्रै अक्षय कुमारले फिल्मको सुटिङ सेटको एउटा भिडियो शेयर गरेका थिए । भिडियोमा अक्षय स्टारकास्टसँग रमाइलो गरिरहेको देखिन्थे । श्रेयसले अहिलेसम्म ८२ भन्दा धेरै फिल्म खेलिसकेका छन् । सबै खाले भूमिका निर्वाह गरिसकेका यिनी कमेडी रोलका लागि बढी चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण