आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

श्रेयस तलपडेलाई हर्ट अट्याक

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : २५
शुक्रबार, २९ मङ्सिर २०८०

नयाँ दिल्ली । बलिउड अभिनेता श्रेयस तलपडेलाई हर्ट अट्याक भएको छ । बिहीबार वेलकम–३ को सुटिङ सक्काएर श्रेयस घर आएका थिए । यही बेला उनको स्वास्थ्य खराब भइदियो । उनलाई मुम्बईको अँधेरीमा रहेको अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ ।

उनी बिहीबार बिहानै सुटिङका लागि निस्किएका थिए । अबेर रात मात्रै घर आए । आफूलाई अलि बिसन्चो भएको उनले श्रीमतीलाई बताए । तर अचानक उनको स्वास्थ्य थप बिग्रियो अनि उनलाई अस्पतालमा भर्ना गरियो । श्रेयस पछिल्ला केही दिनदेखि वेलकम टू जंगलको सुटिङमा व्यस्त छन् । २५ जना स्टारको भिड रहेको यो फिल्ममा श्रेयस पनि मुख्य भूमिकामा छन् ।

हालै मात्रै अक्षय कुमारले फिल्मको सुटिङ सेटको एउटा भिडियो शेयर गरेका थिए । भिडियोमा अक्षय स्टारकास्टसँग रमाइलो गरिरहेको देखिन्थे । श्रेयसले अहिलेसम्म ८२ भन्दा धेरै फिल्म खेलिसकेका छन् । सबै खाले भूमिका निर्वाह गरिसकेका यिनी कमेडी रोलका लागि बढी चिनिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप