शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल

शुक्रबार, २९ मङ्सिर २०८०, १७ : ५५
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् । 

शुक्रबार काठमाडौँमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए । काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । 

अध्यक्ष हमालले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताए ।  बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए । उनले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने बताए ।

अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हितको लागि नीतिहरु केन्द्रित हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप