लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
सारांश
- जापानका एक युवकलाई लामो समय मोबाइल हेर्दा 'ड्रपिङ हेड सिन्ड्रोम' भयो, जसले गर्दा उनको टाउको घोप्टो पर्यो र उनले टाउको उठाउन सकेनन्।
- युवकले घण्टौँसम्म मोबाइलमा गेम खेल्ने बानीले गर्दा घाँटीमा डल्लो बन्यो, जसले गर्दा उनलाई दुखाइ भयो र खाना निल्न पनि समस्या भयो।
- शल्यक्रियापछि उनको घाँटीको अवस्था सामान्य भयो, तर डाक्टरहरूले युवाहरूलाई लामो समय मोबाइल प्रयोग नगर्न चेतावनी दिएका छन्।
टोकियो । स्मार्टफोन बिना हामी बाँच्न नै नसक्ने भइसकेका छौँ । हामीमध्ये धेरैको त लामो समय मोबाइलमै झुन्डिने बानी पनि छ ।
यसरी घण्टौँसम्म निहुरिएर मोबाइल हेर्ने बानीले एक युवकलाई गम्भीर स्वास्थ्य समस्या देखिएको छ । उनको टाउको नै घोप्टो परेको हो ।
यो घटना जापानमा भएको हो । २५ वर्षीय ती युवकले लामो समय फोनमा निहुरिएर हेर्न थालेपछि टाउको नै उठाउन नसक्ने भएका हुन् । यसलाई डाक्टरहरूले ‘ड्रपिङ हेड सिन्ड्रोम’ भनेका छन् ।
यो अनौठो केस केही वर्षअघि मेडकल जर्नल ‘जेओस केस रिपोर्ट’ मा प्रकाशित गरिएको थियो । यसमा लामो समयसम्म निहुरिएर हेर्नुको परिणामबारे उल्लेख गरिएको थियो ।
जापानका ती युवक आफ्नो मोबाइलमा गेम खेल्न लामो समय बिताउने गरेका थिए । यसले उनको घाँटीको पछाडि भागमा एउटा डल्लो विकसित भएको थियो । यसले गर्दा उनले टाउकोलाई सिधा राख्न नै नसक्ने भएका थिए ।
डाक्टर कहाँ पुग्न अघि ती युवकको घाँटीमा असह्य पीडा हुने तथा खाना निल्नसमेत सकस हुने गरेको थियो । यसले गर्दा उनले छोटो समयमा नै धेरै वजन गुमाएका थिए । बिस्तारै उनको घाँटी यति कमजोर भयो, उनी टाउको सिधा पार्न नै नसक्ने बनेका थिए ।
डाक्टरका अनुसार उनी सानोमा भने निकै फुर्तिला थिए । तर, युवा अवस्थामा पुगेपछि उनी विद्यालयमा अन्य विद्यार्थीको हेपाइमा परे । त्यसपछि उनी विद्यालय जान छाडेर कोठमा नै आफूलाई बन्द गरेर मोबाइलमा गेम खेल्दै बस्न थाले । यसरी घण्टौँ–घण्टौँसम्म निहुरेर मोबाइल हेर्दा उनको घाँटीको पछाडिको भागमा डल्लो विकसित भएको थियो ।
अस्पतालमा परीक्षण गर्दा उनको घाँटीको स्वरूप नै बिग्रेको र डिसलोकेट भएको पत्ता लाग्यो । त्यस्तै, मेरुदण्डको माथिल्लो भागमा ‘स्कार टिस्यु’ नै बनेको थियो ।
सुरुमा डाक्टरले ‘कलर’ दिएर यसलाई निको पार्ने प्रयास गरे । तर, ती युवकले घाँटी नै महसुस नहुने सुनाए । त्यसपछि डाक्टरहरूले शृङ्खलाबद्ध शल्यक्रियापछि स्वरूप बिग्रेको मेरुदण्डको भाग र स्कार टिस्यु नै हटाएर त्यसको ठाउँमा फलामको रड र स्क्रू राखेर घाँटीको अवस्थालाई पहिलेकै जस्तो बनाए । शल्यक्रिया सकेको छ महिनापछि मात्र ती युवकले पहिले जस्तै आफ्नो घाँटी उठाउन सक्षम भएका थिए ।
ड्रपिङ हेड सिन्ड्रोम एउटा दुर्लभ स्नायु र माशंपेशीसँग जोडिएको अवस्था हो । लामो समयसम्म अप्राकृतिक अवस्थामा घाँटीलाई राख्दा यो अवस्था सिर्जना हुने डाक्टरहरूको भनाई छ । डाक्टरहरूले लामो समय मोबाइलमा झुन्डिने युवाहरूलाई चेतावनी नै जारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण