डिभोर्स

समाचार सारांश
- छोराको बिहेपछि बुहारीले डिभोर्स मागेपछि घरमा समस्या उत्पन्न भयो।
- डिभोर्सको कारण र सम्पत्तिको विषयमा छलफल चल्यो, वकिलको सल्लाह अनुसार डिभोर्स दिने निर्णय गरियो।
- सम्पत्ति गुमाउनुपर्दाको पीडा भएपनि छोराले डिभोर्स पेपरमा सही गरे र आमाले सन्तोषको सास फेरिन्।
छोराको बिहे गरेको ६ महिना भयो । यो ६ महिनामा सुरुको एक महिना मात्र खुसी देखिए उनीहरू । त्यसपछिका दिनमा उनीहरू कहिल्यै खुसी भएनन् । दाम्पत्य जीवनको सुरुवातमा नै किन यिनीहरू एकअर्कासँग यो विधि निराश भए ? सँगै हिँड्न मन गर्दैनन् । बुहारी हरदम माइत जान मात्रै रुचाउँछिन् । छोरो पनि चुपचाप देखिन्छ । यिनीहरूको यस्तो पारा देखेर मलाई दिक्क लाग्छ । छोराबुहारी रमाएको हेर्ने मेरो चाहना त्यसै ओइलाउन थाल्यो । बिहानभर मेरो मन यिनै तर्कमा जेलिइरह्यो ।
खाना खाएर छोरो साकार चिन्तित मुद्रामै कार्यालय गयो । छोरो कार्यालय गएपछि बुहारी पनि टिमटिम गर्दै कोठामा गइन् । म भने जुठै हात लिएर के के सोच्न थालेँ । प्रीति खराब केटी होइन । बिहेअघि उसले हामीप्रति निकै राम्रो व्यवहार गर्थी । ती दिनमा छोरासँग मात्र नभई मसँग पनि प्रीतिको व्यवहार सुमधुर थियो । असल बुहारीमा हुनुपर्ने हरेक गुण उसमा देखेर नै उसका खानदान, परिवारका बारेमा केही सोचिएन । प्रीतिले आफ्नो असल स्वभावले हाम्रो मन जितेकी थिइन् । यिनै तानाबानामा अल्झिएर एकोहोरिएको बेलामा कान्छीले ‘मुवा हात धोइस्योन’ भन्दा पो झल्याँस्स भएँ । अनि हात धोएर म कोठामा गएर ढल्किएँ । यता फर्कन्छु, उता फर्कन्छु निद्रा पटक्कै लाग्दैन । जुरुक्क उठ्छु मन छटपटिएर उकुसमुकुस हुन थाल्छ । छोराबुहारीको जीवनमा त्यस्तो के घटना भयो र यिनीहरू पूर्व र पश्चिम हुनुपर्ने अवस्था आयो भनेर सोध्ने विचारले बुहारीलाई बोलाउँछु । एकैछिनमा कान्ति हराएको निरसिलो अनुहार लगाउँदै बुहारी मेरो कोठमा भित्रिन्छिन् । उनलाई आफूछेउ बोलाएर बस भन्छु । आज्ञाकारी बालकझैँ उनी मेरो छेउमा आएर टुसुक्क बस्छिन् ।
मौन भाषामा हामीबिच हेराहेर गर्छौं । हाम्रा चार आँखा एकै हुन्छन् । कोठामा सन्नाटा छाएको छ । मेरा आँखा रसाए, तर उनका आँखाको गति फरक भएन । कुनै भूमिका नबाँधी मैले ‘प्रीति, त्यस्तो के भयो, जसले गर्दा तिमीहरूका बिचमा यसरी दूरी बढिरहेछ ? मलाई नढाँटी भन ।’ म उनीहरूको समस्या सुन्न आतुर भएँ ।
केहीबेर त प्रीति बोलिनन् । मैले कर गरेपछि उनले ‘तपाईंले सोधी हाल्नुभयो । म तपाईंको छोराबाट पारपाचुके चाहन्छु । तपाईंका छोराले सहमतिमा डिभोर्स दिनुहुन्छ कि आफ्नै तरिकाले म अदालत जाउँ ?’ बिनासम्बोधन, विनासङ्कोच, विनापश्चाताप उनले असन्तुष्टि ओकलिन् ।
बुहारीबाट यो कुरा सुन्नुपर्ला भनेर मैले कल्पना पनि गरेकी थिइनँ । कतै छोराले केही गल्ती गर्यो कि भन्ने सोच पनि आयो । त्यसैले सोधेँ, ‘प्रीति, तिमीले किन यसो भनेकी ? कारण के हो, कतै साकारले तिम्रो अपमान गरेर चित्त पो दुखायो कि ?’
‘सम्पत्ति पाउनका लागि यिनले इज्जत बेइज्जत केही हेर्दैनन् । केटा पक्षको केही गल्ती नहुँदा पनि बाध्यताले ऊ निरीह हुन्छ । त्यसबेला तिमी आमाछोरा के गर्छौ भन त ?’ गरिमाले निराश भएर भनिन् ।
‘कसैले मेरो अपमान सपमान केही गरेको छैन । म डिभोर्स चाहन्छु । योभन्दा बढी मलाई अरू केही भन्नु छैन ।’ पटटट्ट मुरली मकैको फूल पड्केझैँ पड्किँदै प्रीति जुरुक्क उठेर बाहिर गइन् ।
त्यसवेलामा उनी फन्फनिँदै गएको मैले हेरिरहेँ । मेरा बोल्ने बाँकी शब्दहरू उनले एकै झड्कामा खोसिदिएकी थिइन् । मैले रोक्न खोज्दाखोज्दै मेरो कुरा सुन्ने धैर्य र शिष्टता उनले देखाइनन् । आँखाबाट बगेको आँसुसँगै म कतिबेला निदाएँ । ब्युँझिँदा टाउको दुखेर आफूलाई मैले शिथिल भएको पाएँ ।
घडी हेरेँ २ बज्न लागेको छ, बाहिर जान खोजेँ उठ्न सकिनँ । आफ्नो त्यही प्यारो शरीर आफैँलाई बोझ भएको जस्तो लाग्यो । अझै पनि आफूलाई सम्झाउने प्रयास गरेँ । ‘प्रीतिले नभन्ने कुरा भनिन्, तर केटाकेटी बुद्धि उनले केही नसोची भनेकी होलिन् । प्रीतिकी आमालाई भनेर सम्झाउन लगाउनुपर्यो ।’ मनमनै सोचेर छेउमा भएको मोबाइल उठाएर उनकी आमाको नामको नम्बरमा क्लिक गरेँ । एकै रिङमा फोन उठ्यो र ‘हेलो’ शब्द निस्कियो उताबाट । त्यसपछि मैले नै ‘सम्धिनीज्यू नमस्कार’ भन्दै सामान्य शिष्टाचारबाट कुराकानी सुरु गरेँ ।
मेरो अपेक्षा विपरीत प्रीतिकी आमाले मेरो ‘नमस्कार’को जवाफ नमस्ते भन्दै अत्यन्तै रोषपूर्ण शैलीले फर्काइन् ।
उनको त्यो रुखो वचन सुनिसकेपछि मन नलागे पनि मैले एकछिन अनौपचारिक भएर गाँठी कुरा गरेँ ।
‘हजुर हाम्रा छोराछोरी किन खुसी छैनन् ? यिनीहरूको केमा ठाकठुक पर्यो । प्रीतिले किन हो म डिभोर्स लिन्छु भनिन् । हजुरले छोरीलाई सम्झाइदिनुपर्यो, म पनि छोरालाई सम्झाउँछु ।’
प्रीतिकी आमाले सहजैसँग भनिन्, ‘मेरी छोरीले डिभोर्स मागी भने यो त उसको जीवनको अधिकारको कुरा हो । तपाईं आफ्नो छोरालाई डिभोर्स दिने कुरामा सहमत गराउनुस् । ऊ कसैको बन्धनमा बस्न नसक्नु नौलो कुरो होइन । केटाकेटी खुसी छैनन् भने उनीहरूको इच्छामा हामीले साथ दिनुपर्छ ।’ आमाले छोरीको निर्णयमा सहमति जनाइन् ।
‘तर उनीहरूकै राजीखुसीले बिहे भएको हो । उनीहरूलाई त्यस्तो के भयो र प्रीतिले डिभोर्सजस्तो अप्रिय निर्णय लिनुपयो ?’
प्रत्युत्तरमा प्रीतिकी आमाले अभद्रतापूर्वक त्यस्तै भावको कुरा दोहोर्याएपछि म वाक्शून्य भएँ । उनी मेरो कुरा सुन्न नै तयार थिइनन् । फोन अफ गरेर म पलङमा गल्र्याम्म ढलेँ । अब के गर्नु, कसो गर्नु ? घरको कुरा कसलाई भनुँ भन्ने सोचेर चिन्ताले घेर्यो ।
त्यसैबेला कान्छीले चियानास्ता लिएर आई । ‘मुवा, चिया खाजा ल्याएँ ।’ टेबलमा खाजाको ट्रे राख्दै ऊ मलाई नै हेरेर उभिरही । म निकैबेर जस्ताको तस्तै बसेको देखेर उसले भनी ।
प्रीतिकी आमाले सहजैसँग भनिन्, ‘मेरी छोरीले डिभोर्स मागी भने यो त उसको जीवनको अधिकारको कुरा हो । तपाईं आफ्नो छोरालाई डिभोर्स दिने कुरामा सहमत गराउनुस् । ऊ कसैको बन्धनमा बस्न नसक्नु नौलो कुरो होइन । केटाकेटी खुसी छैनन् भने उनीहरूको इच्छामा हामीले साथ दिनुपर्छ ।’
‘मुवा, कोठामा भएका वेला दाजु र भाउजूको झगडा सधैँ परिरहन्छ । तँसँग बस्दिनँ, मलाई डिभोर्स दे भनेर भाउजूले दाजुलाई मनपरी भन्नुहुन्छ । कोठा मिलाउन जाँदा भाउजूबाट यस्तो कुरा सुन्छु ।’ बोल्दाबोल्दै आँखाभरि आँसु पारेर कान्छी बाहिर गई । म झन् भित्रभित्रै आगो दन्किएर पाक्न थालेँ ।
हामी आमाछोराले त पारिवारिक सुख चाहेका थियौँ । बुहारी ल्याएर रमाइलो र सुख होला भन्ने थियो । बुहारीको यस्तो चालाले त घर भाँडिने नै भयो । त्योभन्दा पनि बढी त अब शत्रु हाँस्ने भए, इज्जत पनि जाने भयो । कुन साइतमा योसँग बिहे गरिएछ छोराको । आमा मन म दुख्नसम्म दुखे ।
‘प्रीतिलाई किन डिभोर्स चाहियो ? डिभोर्स माग्नुको केही त कारण होला ? के कारण होला त ?’ मेरो मनमा प्रश्नहरूको पहाड चुलियो । यसैबेला ‘कान्छी, खोइ मुवा ?’ भन्दै साकार घरभित्र पसेकाले मैले आफूलाई सहज बनाउने प्रयास गरेँ ।
‘कोठामै हुनुहुन्छ । आज भाउजूले पारपाचुकेको कुरा गरेर मुवालाई दुःखी बनाउनु भयो ।’ कान्छीबाट जानकारी पाएको छोरो सिधै मेरो कोठामा आयो । म ढल्किएको पलङमा टुसुक्क बस्दै उसले भन्यो, ‘मुवा, जीवन सोचेजस्तो नहुँदो रहेछ । आज प्रीतिका कारणले मसँगै तपाईं पनि दुःखी हुनुपर्यो । मेरो जीवनमा यही लेखेको रहेछ । यो कुरा तपाईंलाई भन्नै सकिरहेको थिइनँ, उसले नै भनिछ । उसलाई डिभोर्स दिने त मैले कल्पना पनि गरेको थिइनँ । तर उसको माग त्यही भएकाले अब डिभोर्स दिन्छु मुवा ? हाम्रो सम्पत्ति लुट्न मात्र उसले मसँग विवाह गरेकी रहिछ ।’
छोरो भावुकभन्दा पनि हृदयदेखि नै दुःखी भयो । छोराले त्यसो भनेपछि त झन् मेरो जीवनमा आँधीबेरी नै आयो । आफूले दुःखले जोडेको आफ्नो सम्पत्ति घ्याप्प उसलाई कसरी भाग लगाउनु ? निकैबेर सोचेर यो कानुनी कुरा भएकाले मेरी वकिल साथी गरिमालाई भेट्ने समय मिलाएँ । भोलिपल्ट बिहानै हामी आमाछोरा उनलाई भेट्न गयौँ ।
कानुनकी पारखी मेरी साथी गरिमाले ऊसँग भेटेदेखिका एकएक कुरा हामीबाट जानकारी लिइन् । हाम्रा कुरा सुनेर गरिमाको अनुहारको रङ बिग्रियो ।
‘के भयो तिमीलाई ?’ अचानक गरिमामा आएको परिवर्तनबाट हामी सशङ्कित भयौँ ।
‘तिमीहरू नराम्ररी फस्यौ जस्तो छ है । यसवेला नेपाली कानुनले महिलालाई आवश्यकताभन्दा धेरै नै अधिकार दिएको छ । त्यसैले अचेल त अलिअलि जेथो भएका केटासँग विवाह गरेर सम्पत्तिसहित डिभोर्स लिने केटीहरूको सङ्ख्या बढ्दो छ । एक वर्षअगाडि एउटा यस्तै नहार्ने डिभोर्स केस मैले पनि हार्नुपर्यो । एउटी केटीले वीरगन्जको एउटा धनाढ्य व्यक्तिसँग बिहे गरिछ । अनि केही समयपछि नै घरेलु हिंसाको अनेक घृणित आरोप लगाएर उसले डिभोर्सको केस गरी । अन्ततः भए/नभएका अनेकन् प्रमाणहरू जुटाएर उसले मोटो रकम हात पार्न सफल उसको केस मैले हार्नुपरेको नमिठो अनुभव छ । पैसाका लागि जेजस्तो गर्न पनि पछि नपर्ने हुन्छन् अहिलेका केटीहरू । यस्तासँग लड्न मुस्किल पर्छ, दमयन्ती । केही समय मुद्दा चल्छ तर केटीहरूले चाहे भने अनेक आरोप लगाएर झुटा प्रमाणहरू पेस गर्छन् । बुहारीले उसो भन्छे भने बरु हामीले मिलेर नै यस्ताबाट मुक्त हुनैपर्छ ।’ कानुनमा अनुभवले खारिएकी मेरी साथी गरिमाको सल्लाहले म आत्तिएँ ।
‘तर हामीलाई अन्योलमा राखेर बिहे गर्ने अनि अहिले आएर सम्पत्तिसहित डिभोर्स माग्नेको विरुद्धमा ठगी र जालसाजीको केस बन्दैन र गरिमा ?’ गरिमाको मुहारमा नियाल्दै मैले सोधेँ ।
‘केस बनाउन त सकिन्छ तर महिलाले रोएर बोलिदिए त्यही कुरा सत्य हुन्छ, दमयन्ती । केस त म फाइल गर्न सक्छु, तर सम्पत्ति पाउनका लागि यिनले इज्जत बेइज्जत केही हेर्दैनन् । केटा पक्षको केही गल्ती नहुँदा पनि बाध्यताले ऊ निरीह हुन्छ । त्यसबेला तिमी आमाछोरा के गर्छौ भन त ?’ गरिमाले निराश भएर भनिन् ।
उनको कुरा सुनेर छोरो आहत भयो । अनि ‘सम्पत्ति त कमाउन सकिन्छ, मुवा । तर यो टेन्सन हामीसँग रहिरह्यो भने हामीलाई झन् नोक्सान हुन्छ । बुबाहजुर र हजुरले वर्षौं लाएर कमाउनुभएको इज्जत म कुनै पनि हालतमा गुमाउन चाहन्नँ ।’ लाचारी भावसँगै सत्य कुरा व्यक्त गयो मेरो छोराले ।
बिनाकसुरको यो विपत्ति र विवशतामा हामी आमाछोरा नै बेस्कन दुख्यौँ । केस दर्ता गराइसकेका उनीहरूले बोलेको झुट र नक्कली अभिनय देखेर हामी तीनछक्क पर्यौँ । यस्ता दुष्टहरूबाट जुनसुकै मूल्यमा पनि हामीले छुट्कारा लिनुको विकल्प थिएन । त्यसैले वकिलको सल्लाहअनुसार पहिला हामी उनीहरूको मागबारे प्रस्ट भयौँ । त्यसपछि मागबारे छलफल गरेर हामीले प्रीतिलाई पारपाचुके दिने निर्णय गर्यौँ । दुःखले आर्जेको सम्पत्ति उसलाई दिनुपर्दाको असहनीय पीडाबाट हामी आहत भयौँ । के साकारले प्रीतिले दिएको चोटलाई भुल्न सक्ला ? मनमनै सोचेर म चिन्तित भएँ ।सम्पत्ति तीन भाग लगाएर एक भाग उसलाई दियौँ ।
लामो सास फेरेर छोराले भन्यो, ‘मुवा ! सम्पत्ति त फेरि पनि कमाउन सकिन्छ, तर फूलजस्तो जीवनलाई काँडा बनाएर बाँच्न सकिन्न ।’ त्यसपछि उसले डिभोर्स पेपरमा सही गयो ।
यसबेला उसका ओठमा पीडा होइन खुसी फुलेको देखेर मैले पनि सन्तोषको सास फेरेँ ।