शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चीनमा दुई सबवे रेल एकआपसमा ठोक्किँदा १०२ जना घाइते

शनिबार, ३० मङ्सिर २०८०, ०७ : ४९
शनिबार, ३० मङ्सिर २०८०

बेइजिङ । चीनको राजधानी बेइजिङमा भूमिगत सबवे रेलहरू एक आपसमा ठोक्किँदा १०२ जना घाइते भएका छन् । चिनियाँ मिडियाले यस दुर्घटनाको जानकारी दिएको हो ।

स्थानीय समय अनुसार बिहीबार साँझ ७ बजे भएको उक्त दुर्घटनामा ५ सयभन्दा बढीलाई अस्पताल लगिएको थियो । शुक्रबार बिहानसम्म अस्पताल भर्ना गरिएका ४२३ जनालाई घर जान अनुमति दिइएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार चेंगपिङ सबवे लाइनमा हिउँ परेको बेला यी रेलहरू उच्च स्थानबाट तल झर्दा यो दुर्घटना भएको हो। चिनियाँ राजधानीको यातायात सञ्जालमा यस्ता दुर्घटनाहरू सामान्य छैनन्। तर हिउँ परेको हावाहुरीका कारण रेलमार्गमा चिप्लिँदा यो दुर्घटना भएको हो ।

चाइना डेलीका अनुसार यसले सिग्नल बिग्रेको कारण पहिलो रेललाई ब्रेक लगाउनुपरेको थियो । रेलवे ट्र्याकमा हिउँ जमेका कारण पछाडी आएको रेलले समयमा ब्रेक लगाउन नसकेर पहिलो रेलको पछाडीसँग ठोक्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप