खटपटको चर्चाका बिच एकसाथ देखिए ऐश्वर्या रायसहितको बच्चन परिवार
काठमाडौं । केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए ।
बिछोडको अफवाहका बीच ऐश्वर्या राय अहिले पति अभिषेक र ससुरा अमिताभ बच्चनसँग देखा परेकी छिन् । बच्चन परिवारसँग एक कार्यक्रममा सहभागी भएको अभिनेत्रीको भिडियो सार्वजनिक भएको छ ।
यसले यसअघि आएका सबै खबरलाई पूर्व मिस वल्ड ऐश्वर्या रायले पूर्णविराम लगाइदिएकी छिन् । ऐश्वर्या राय, अभिषेक बच्चन, अमिताभ बच्चन र अगत्स्य नन्द धिरुबाई इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा सहभागी भएका थिए ।
कार्यक्रममा अभिनेत्री कालो लुकमा देखिएकी थिइन् । ऐश्वर्या कालो सूटको साथ गोल्डेन बोर्डर भएको बनारसी दुपट्टामा निकै सुन्दर देखिएकी छिन् ।
सार्वजनिक भएको भिडियोमा ऐश्वर्या श्रीमान् अभिषेक बच्चनसँग कुरा गरिरहेको र हाँसिरहेको देख्न सकिन्छ ।
यसै क्रममा उनी आफ्ना ससुरा अमिताभसँग पनि कुरा गरिरहेको देखिएकी छिन् । यसबाहेक कार्यक्रममा आएकी अमिताभ बच्चनकी नातिनी अगत्स्य नन्दाको गाला समातेर उनलाई स्याहार गरिरहेकी थिइन् ।
प्यारी आराध्याले धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा पनि परफर्म गरेकी छिन् ।
समारोहमा ऐश्वर्याले आराध्याको पर्फमको रेकर्ड गरिरहेकी थिइन् । अब बच्चन परिवारसँग ऐश्वर्यालाई देखेपछि यो जोडीको बीचमा सबै राम्रै चलिरहेको कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण