‘अफिसियल वर्ल्ड रेकर्ड’मा नाम लेख्ने त्रिभुवन विश्वविद्यालयको प्रयास, तस्बिरहरू
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई ‘अफिसियल वर्ल्ड रेकर्ड’ले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले ‘अफिसियल वर्ल्ड रेकर्ड’का लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो।
_DKKn7u4HNw.jpg)
टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ। आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।
_fWEU45TzyL.jpg)
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ ।
_xclxN8xmfx.jpg)
विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ । त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रङ्गशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो ।
_7QHtnaxnH9.jpg)
यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ ।
_E14fCDbtQB.jpg)
_sMmgJF11j0.jpg)
_ZyEbRuIXu5.jpg)
_0e3I7sXvar.jpg)
_tDKD037IOC.jpg)
_ygKjYHrqUl.jpg)
_zdLmWbXmyM.jpg)
_Vy2zMrSgxV.jpg)
_WOjixUHmN7.jpg)
_jcSEaHlXg0.jpg)
_xxvZ5FTly6.jpg)
_oNBM3146er.jpg)
_jij6RrmVVN.jpg)
_XxrRlGinaW.jpg)
_eWWFH2srAQ.jpg)
_WiehfRJWxa.jpg)
_IjNdavzUqU.jpg)
_6STJrMPWsj.jpg)
_3yrikC8jOl.jpg)
_0kagYtNKj5.jpg)
_iH8uIsBnPa.jpg)
_fDZhdr0nTA.jpg)
_1168MwFOuS.jpg)
_2sLnhfvr6x.jpg)
_bIg2Ft0qdh.jpg)
_JCQ3KffWeT.jpg)
_kVroN9H8s4.jpg)
_1VciKG9liW.jpg)
_qfAIZVP99c.jpg)
_Xv8IXW995T.jpg)
_D5DYK7e7si.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण