कलाकार प्रकाश पाठकको निधन
मङ्गलबार, ०३ पुस २०८०, १२ : ५६
काठमाडाैँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो ।
मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले शवलाई सङ्घको झन्डा ओढाएका थिए । उनको शवमा छोराले दागबत्ती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण