कलाकार प्रकाश पाठकको निधन
मङ्गलबार, ०३ पुस २०८०, १२ : ५६
_v5zLekOnSf.jpg)
काठमाडाैँ । कलाकार प्रकाश पाठकको निधन भएको छ । ७९ वर्षीय पाठकको मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा निधन भएको हो ।
मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका पाठकको शवलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कार अगाडि शवलाई चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली दिइएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले शवलाई सङ्घको झन्डा ओढाएका थिए । उनको शवमा छोराले दागबत्ती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता