प्रज्ञापनपत्र विनाको मोबाइलको डिस्प्ले बरामद
मङ्गलबार, ०३ पुस २०८०, १७ : २७

काठमाडौँ । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विलविजक तथा प्रज्ञापनपत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरु बरामद गरेको छ ।
पुस २ गते यति एयरको उडान नम्बर एनवाइटी– ४२४ मा नेपालगन्जबाट काठमाडौँ पठाइएको १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्लेहरु सशस्त्रको ईन्टेलिजेन्स ब्युरोको टोलीले विशेष सूचनाको आधारमा बरामद गरेको हो ।
सशस्त्रका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त सामानहरु जय मां दुर्गा इम्पेक्स काठमाडौँको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो । बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन
-
रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
-
सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
-
इजरायलले दियो दुई इरानी सहर खाली गर्न धम्की