सेनाले परिभाषित जिम्मेवारी गर्ने कि पूर्वाधार निर्माण भन्ने गम्भीर प्रश्न उठ्यो : गगन थापा
काठमाडौँ । सांसद गगन थापाले सेनाले परिभाषित जिम्मेवारी गर्ने कि पूर्वाधार निर्माण भन्ने गम्भीर प्रश्न उठेको बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
उनले भने, सेनाले परिभाषित जिम्मेवारी गर्ने कि पूर्वाधार निर्माण भन्ने गम्भीर प्रश्न उठेको छ, यसको उत्तर हामीले खोज्नुपर्छ। राजनीतिक निर्णयको उत्तर अहिले समितिमा खोजेर हुँदैन।’
सांसद थापाले सेनाले समयमै सक्छ भनेर फास्ट ट्र्याक सुम्पिइएको तर ६ वर्षको प्रगति हेर्दा त्यो उद्देश्य पूरा नभएको बताए । ‘पारदर्शितामा सेना मात्रै होइन सबै पक्ष गम्भीर हुनुपर्छ। सेना संस्था हो, त्यसको जबाफदेहिता हेरिनुपर्छ। महालेखाले उठाएका प्रश्नको समाधान हुनुपर्छ।’
उनले द्रुतमार्ग निर्माणका क्रममा भएको प्याकेज ८, ९, १० को खरिद प्रक्रिया किन ढिला भयो भन्दै प्रश्न समेत गरे ।
सांसद थापाले खोकना विवाद सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर टुङ्ग्याउनुपर्ने सुझाव दिए । ‘खोकना विवाद सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर टुङ्ग्याउनुपर्छ। एसइआईए को समाधान सरकारले गर्नुपर्छ। सबैभन्दा ढिला बनेको फास्ट ट्र्याक भनेर हाम्रा सन्ततिले नपढुन्।’ उनले यो विषयमा प्रधानमन्त्रीसँग बसेर समाधान खोज्न आग्रह समेत गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण