नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण कार्य अन्तिम चरणमा
काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गर्न पहल गरेको छ । जाँच चौकीमा पानी ट्याङ्की, सीसीटीभी जडान, नेटवर्किङ, फायर फाइटिङलगायतका काम बाँकी छन् । र, यी काम सक्न एक महिनाको समय लाग्ने देखिएको छ ।
समितिबाट जाँच चौकीको निर्माण सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । उक्त जाँच चौकी हस्तान्तरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतीय दूतावासमा अनुरोध समेत गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
जाँच चौकी समितिलाई हस्तान्तरण भएपछि तुरुन्त सञ्चालन गर्न सक्ने गरी तयारी गरिएको उनको भनाइ छ । समितिबाट सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको हुँदा हस्तान्तरण भएपछि सञ्चालन सुरु गर्न कुनै समस्या नहुने गजुरेलको भनाई छ ।
नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने लक्ष्यसहित एकीकृत जाँचचौकी निर्माणको योजना अघि सारेको थियो । सोहीअनुसार नेपाल र भारत सरकारबिच सन् २००५ मा भएको समझदारीअनुरूप वीरगन्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।
नेपालगन्ज एकीकृत जाँच चौकीको निर्माण २०७७ साल असोज २६ गते सुरु भएको थियो । ४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माणको काम अन्तिम चरणमा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण