बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अध्यागमन विभागले गर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, तस्बिरहरु

अध्यागमन विभागले गर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, तस्बिरहरु

बुधबार, ०४ पुस २०८०

काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन एवं निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि विमानस्थलको एयरपोर्ट अध्यागमन कार्यालयको  निकायहरुले गरेको कामको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले विमानस्थलको  प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेको बताए । उनले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताए । उनले अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको बताए । उनले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरुलाई पठाउने काम गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया