उपराष्ट्रपति यादव र कोशी प्रदेशका प्रमुख खापुङबिच भेटवार्ता
बिहीबार, २८ जेठ २०८३, १५ : २७
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले बिहीबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश-सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबिचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ प्रतिशत सुकुमबासी महिलाले लिँदैनन् मातृ स्वास्थ्य सेवा
-
समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक
-
सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
-
माइतीघरमा धर्ना बसेकाहरूको विवरण लिन पुगे गृहमन्त्री गुरुङ (तस्बिरहरू)
-
सधैँ थकान र कमजोरी महसुस हुन्छ ?
-
उमेर ४५ वर्ष पुगिसक्यो ? यसरी ल्याउनुस् अनुहारमा प्राकृतिक चमक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण