समाचार
युक्रेनी जेलमा ४ नेपाली रहेको पुष्टि (नामावलीसहित)
बुधबार, ०४ पुस २०८०, २० : ०४
काठमाडौँ । युक्रेनी जेलमा ४ नेपाली रहेको सरकारले पुष्टि गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको जनाएको हो ।
युक्रेनी जेलमा रहनेमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेका छन् ।
सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ । यस्तै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण