खबरदार ! मन्त्री ज्यू, कसको स्वार्थमा जहाज किनियो ? छानबिन नगरी बेच्नुहोला : सांसद सुवाल
काठमाडौँ । नेपाल वायुसेवा निगमले लामो समयदेखि ग्राउन्डेड चिनिया जहाज बिक्री गर्न लागेसँगै सांसदहरूले यसको तीब्र विरोध जनाएका छन् । वायुसेवा निगमको व्यवस्थापन तथा व्यावसायिक सुधारका मुद्दामा बिहीबार बसेको संसदीय समितिमा बोल्दै नेमकिपाका नेता तथा प्रतिनिधि सभा सांसद प्रेम सुवालले मन्त्रीको ध्यानाकर्षण गराए ।
'काम नलाग्ने जहाज किन किनियो ? कसको स्वार्थमा ल्याइयो ? फेरि कसको स्वार्थमा बेच्न खोजिँदै छ ? पहिला यसको छानबिन हुनपर्यो । खबरदार ! मन्त्री ज्यू, यसको टुङ्गो नलागी जहाज बेच्नु होला । यसो गरियो भने सरासर तपाईँले पैसा खाएको ठहरिनेछ । जहाज खरिद बिक्री बच्चाको खेल होइन' सांसद सुवालले भने ।
नेपाल वायुसेवा निगमले ७ वर्ष अघि करिब ६ अर्ब रुपैयाँमा ५ वटा चिनिया जहाज खरिद गरेको थियो । जसमध्ये २ वटा अनुदानमा प्राप्त भएको थियो भने ३ वटा खरिद गरिएको थियो ।
उक्त चिनिया जहाजको प्राविधिक पक्ष, मेकानिक्स इन्जिनियरिङ, चालक समेतको अभावमा लामो समयदेखि ग्राउन्डेड रहेको छ ।
वर्षौँदेखि ग्राउन्डेड जहाजले अर्वौको खर्च गराइराखेपछि निगमले उक्त चिनियाँ जहाज बिक्री गर्ने तयारी गरेको छ । बिहीबार मात्र जहाज बिक्रीको सार्वजनिक सूचना गरेको निगममाथि पर्यटन समितिमा प्रश्न उठेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण