मेट्रोमा साडी अड्किँदा महिलाको मृत्यु
बिहीबार, ०५ पुस २०८०, १५ : ०८
दिल्ली । नयाँ दिल्लीको इन्द्रलोक स्टेसनमा मेट्रोमा महिलाको साडी अड्किँदा मृत्यु भएको छ । मृत्यु हुनेमा रीना देवी नामकी महिला रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
त्यस दिन पनि रीना देवी सधैँ जस्तै मेट्रोमा चढिरहेकी थिइन् । तर भाग्यमा अर्कै कुरा थियो । उनी बाहिर निस्किन्, तर उनको साडीको पल्लु मेट्रोको गेटमा अड्कियो, त्यसपछि गेट बन्द भयो । उनको सारी त्यहीँ अड्कियो र उनलाई घिसार्दै मेट्रो अघि बढ्यो ।
गम्भीर घाइते रीनाको शनिबार मृत्यु भएको थियो । यो दुर्घटनापछि रीनादेवीका छोराछोरी टुहुरा भएका छन् । त्यस्तै स्थानीय मेट्रो प्रयोग गर्न डराइरहेका छन् ।
दिल्ली मेट्रो रेल कर्पोरेसनले यस विषयमा अनुसन्धान सुरु गरेको छ । साथै कर्पोरेसनको उनको परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण