प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : बागमती प्रदेशले कोशी प्रदेशलाई दियो ८८ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको हो ।
बागमती प्रदेशका लागि माथिल्ला चार ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । उनीहरुले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाँचौँ नम्बरकी ब्याटर यशोदा बिष्टले टोलीका लागि ४१ रनको योगदान गरिन् । उनले ५४ बलमा चार चौका पनि प्रहार गरिन् ।
छैटौँ नम्बरकी ब्याटर अस्मिना कर्माचार्यले पनि टोलीको खातामा २४ रन थपिन् । उनले २४ बलमा तीन चौका प्रहार गरिन् । अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशका बलर सबनम राई र अप्सरी बेगमले दुई–दुई विकेट लिए । संगीता राईले पनि एक विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण