आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : बागमती प्रदेशले कोशी प्रदेशलाई दियो ८८ रनको लक्ष्य

शुक्रबार, ०६ पुस २०८०, ११ : २९
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८७ रन बनाएको हो ।

बागमती प्रदेशका लागि माथिल्ला चार ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । उनीहरुले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाँचौँ नम्बरकी ब्याटर यशोदा बिष्टले टोलीका लागि ४१ रनको योगदान गरिन् । उनले ५४ बलमा चार चौका पनि प्रहार गरिन् ।

छैटौँ नम्बरकी ब्याटर अस्मिना कर्माचार्यले पनि टोलीको खातामा २४ रन थपिन् । उनले २४ बलमा तीन चौका प्रहार गरिन् । अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशका बलर सबनम राई र अप्सरी बेगमले दुई–दुई विकेट लिए । संगीता राईले पनि एक विकेट हात पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप