राष्ट्र बैंकले आइतबार १७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस ११ गते जारी गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो ।
बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ५ अर्ब रुपैयाँ ९१ दिनेका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ नवीकरण गरिनेछ भने ३६४ दिनेका लागि २ अर्ब रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ ।
यसअघि केन्द्रीय बैंकले पुस २ गते १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण