बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लघुवित्त बैंकर्स संघको अध्यक्षमा यादव निर्वाचित

शुक्रबार, ०६ पुस २०८०, १९ : १३
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । नेपाल लघुवित्त बैंकर संघका नयाँ कार्यसमिति चयन भएको छ । आगामी २ वर्षे कार्यकालको लागि नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

संघको १७ औँ वार्षिक साधारण सभाले  उपाध्यक्षमा मेरो माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, महासचिवमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डल चयन भएका छन् ।

यस्तै सचिवमा महुली लघुवित्तका गङ्गाधर पाण्डे, कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य चयन भएका हुन् । संघको ६ जना कार्यकारी सदस्यमा आशा लघुवित्तका वद्री प्रसाद दुलाल, आत्मनिर्भर लघुवित्तका सौगात वीर चौधरी, धौलागिरि लघुवित्तका सुरेश बहादुर बम, उपकार लघुवित्तकी शारदा खत्री, आरम्भ चौतारी लघुवित्तका शिव प्रसाद ज्ञवाली र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका श्याम कटुवाल चयन भएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले साधारण सभाको उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप