लघुवित्त बैंकर्स संघको अध्यक्षमा यादव निर्वाचित
काठमाडौँ । नेपाल लघुवित्त बैंकर संघका नयाँ कार्यसमिति चयन भएको छ । आगामी २ वर्षे कार्यकालको लागि नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको १७ औँ वार्षिक साधारण सभाले उपाध्यक्षमा मेरो माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, महासचिवमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डल चयन भएका छन् ।
यस्तै सचिवमा महुली लघुवित्तका गङ्गाधर पाण्डे, कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य चयन भएका हुन् । संघको ६ जना कार्यकारी सदस्यमा आशा लघुवित्तका वद्री प्रसाद दुलाल, आत्मनिर्भर लघुवित्तका सौगात वीर चौधरी, धौलागिरि लघुवित्तका सुरेश बहादुर बम, उपकार लघुवित्तकी शारदा खत्री, आरम्भ चौतारी लघुवित्तका शिव प्रसाद ज्ञवाली र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका श्याम कटुवाल चयन भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले साधारण सभाको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण