संन्यास घोषणा गर्दै विशालले भने- ‘समय कति चाँडो बित्ने रहेछ’
काठमाडौँ । गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । संन्यासको घोषणा गर्दै उनले यस यात्राको उत्कृष्ट भाग भएकोमा धन्यवाद व्यक्त गर्दै आफूले यस सम्झनाहरूलाई बोकेर जाने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै बेला नेपालको खेलाडी बन्ने सपना देख्थेँ तर अहिले...समय कति चाँडो बित्ने रहेछ । म मेरो अन्तर्राष्ट्रिय फुटबल करियरमा अतुलनीय सहयोगको लागि मेरो परिवार, साथीहरू, टोलीका साथीहरू, फिजियो, समर्थकहरू र सबैप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंको अटल प्रोत्साहन हरेक विजय र मैदानको हरेक पल पछाडिको प्रेरक शक्ति थियो । मेरो देशको प्रतिनिधित्वबाट सन्यास लिँदा मैले सँगै बनाएका सम्झनाहरू बोकेर जाँदैछु। यस यात्राको उत्कृष्ट हिस्सा भएकोमा धन्यवाद।’
लामो समयदेखि नेपालको राष्ट्रिय फुटबल टोलीको सदस्य रहँदा आएका उनले सन् २०२१ मा मात्र भारतविरुद्ध डेब्यू गर्ने अवसर भएका थिए । श्रेष्ठ हाल नेपाल सुपर लिगमा चितवन एफसीका कप्तान रहेका छन् । उनले यसअघि व्यावसायिक करियरमा मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र एफसी र बुटवल लुम्बिनी एफसीबाट फुटबल खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
-
विश्वकपअघि इंग्ल्याण्डको उत्कृष्ट लय, मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि सानदार जित
-
पीपीपी मोडलमा ५० वटा नयाँ सिनेमा हल बनाउने बोर्डको योजना
-
इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी
-
प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
-
जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण