अपडेट
सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए
सोमबार, ०९ पुस २०८०, ११ : १९
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए ।
बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।
बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर १५ जनालाई के–कति सजाय होला ?
-
बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
-
नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
-
२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण