जाजरकोटमा तरुण दलले बनायो ६० टहरा
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।
तरुण दलको टोलीले मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेको केन्द्रीय सदस्यका केन्द्रीय सदस्य अशोक झाले बताए ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोली ८ दिनदेखि भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको झापाको भनाइ छ ।
मंगलबार खलंगा गएर करिब ३० वटा टहरा बनाउने तरुण दलको टोलीको तयारी छ।
नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रुकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो। कांग्रेसले एक हजार वटा अस्थायी टहरा बनाउने जिम्मा लिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी टहरा बनाउने अभियान थालेका थिए । यो बीचमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, नैनसिंह महर, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, गुरु बराल, अजयबाबु शिवाकोटी लगायतका नेताहरू टहरा निर्माण गरी फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण