जाजरकोटमा तरुण दलले बनायो ६० टहरा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडितको बसोबासका लागि अस्थायी टहरा निर्माण गरेको छ।
तरुण दलको टोलीले मंगलबारसम्म ६० वटा टहरा निर्माण भइसकेको केन्द्रीय सदस्यका केन्द्रीय सदस्य अशोक झाले बताए ।
अध्यक्ष विद्वान गुरुङ नेतृत्वको टोली ८ दिनदेखि भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदानमा खटिएको छ । रिम्ना, पिपे, रावत गाउँलगायत ठाउँमा टहरा निर्माण गरिएको झापाको भनाइ छ ।
मंगलबार खलंगा गएर करिब ३० वटा टहरा बनाउने तरुण दलको टोलीको तयारी छ।
नेपाली कांग्रेसले पनि इन्जिनियरसहित विभिन्न टोली खटाएर जाजरकोट र रुकुम पश्चिममा टहरा निर्माणमा श्रमदान गरेको थियो। कांग्रेसले एक हजार वटा अस्थायी टहरा बनाउने जिम्मा लिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अस्थायी टहरा बनाउने अभियान थालेका थिए । यो बीचमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, नैनसिंह महर, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, गुरु बराल, अजयबाबु शिवाकोटी लगायतका नेताहरू टहरा निर्माण गरी फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित