बेलायतमा आगामी वर्ष घर भाडा बढ्ने
लन्डन । सन् २०२४ मा बेलायतमा घरको मूल्य घट्ने आशा गरिएको छ । तर घर भाडामा लिँदाको खर्च भने आगामी वर्ष पनि निरन्तर बढ्ने देखिएको छ । सरकारको आधिकारिक प्रक्षेपणकले यस्तो बताएका हुन् । प्रक्षेपणअनुसार सन् २०२४ मा बेलायतमा घरको मूल्य करिब ५ प्रतिशतले घट्ने देखिन्छ ।
तर भर्खरै बनाइएको घरको भाडा ५ देखि ६ प्रतिशतले बढ्ने घरजग्गा विज्ञहरूले बताएका छन् । यो वर्षभरि पनि बेलायतमा घर भाडा आकाशिएको थियो । बढ्दो लागतका कारण खर्चमा दबाब परेको भन्दै घर भाडामा बस्नेहरूले गुनासो गरिरहेका छन् । महँगो घर भाडाकै कारण नयाँ घर किन्न चाहनेहरुको निक्षेप बचतमा समस्या आइरहेको छ ।
आगामी वर्ष बेलायतको अर्थतन्त्र सुस्त रहने अनुमान धेरै आइरहेका छन् । यसको असर घर जग्गा बजारमा पनि देखिने निश्चित प्रायः छ । श्रम बजार त्यति सुरक्षित नभएकोले पहिलो पटक घर किन्न चाहने क्रेताहरूको मनोबल प्रभावित हुन सक्ने विश्लेषणहरू आइरहेका छन् । यसमाथि धितो कर्जाको दर पनि धेरैले अनुमान गरेको भन्दा उच्च नै हुनेछ यसले पनि भावी घर क्रेताहरू मारमा पर्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण