सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईँ पनि रातभरि फोन चार्जमा छाड्नु हुन्छ कि ?

शुक्रबार, १३ पुस २०८०, ११ : ५०
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । अबेर रातसम्म फोन चलायो अनि चार्जमा राखेर सुत्यो । धेरै मानिसहरूको बानी हो यो । तर यस्तो बानी सही छ कि गलत ? यस्तो गर्दा के हुन्छ  ? धेरैलाई यसबारे धेरै जानकारी छैन ।

फोन रातभरि चार्ज गर्नुलाई पूरै सही वा गलत भनेर भन्न सकिन्न । अचेलको स्मार्टफोन साँच्चै धेरै नै स्मार्ट भएका छन् । यिनीहरूमा प्रोटेक्टिभ चिप्स पनि हुन्छन् । जसले फोनको ब्याट्रीलाई ओभरलोड हुन दिँदैनन् । यस्तोमा फोनमा म्यानुफ्याक्चरिङ डिफेक्ट छैन वा फोन निकै पुरानो नहुँदासम्म आोभरचार्जका कारण समस्या हुने सम्भावना कम नै हुन्छ । 

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले ग्यालेक्सी स्मार्टफोनबारे एउटा ब्लगमा भनेको थियो कि फोनलाई रातभर नै चार्जमा छाड्दा समेत ब्याट्री ओभरचार्ज हुने खतरा हुन्न ।

त्यसो भए के खतरा छ ?

रातभर फोनलाई चार्जिङमा छाड्ने सल्लाह चाँहि कुनै पनि कम्पनीले दिँदैनन् । आज भोलिका फोनमा पाइने इन्टरनल लिथियम–आयन ब्याट्री आफ्नो क्षमताको सय प्रतिशतमा पुगेपछि रोकिन्छ । तर ९९ ब्याट्री १ प्रतिशत कम हुँदा पनि चार्ज हुन थाल्छन् । यसले ब्याट्रीको औसत आयुमा असर पार्छ । 

साथै विचार गर्नु पर्ने कुरा चाँहि के हो भने फोन चार्ज भइरहेको बेलामा बढी हिट उत्पन्न हुन्छ । यसले गर्दा ब्याट्रीसमेत अन्य कम्पोनेन्टमा पनि अतिरिक्त दबाब पर्छ । फूल चार्ज भइसक्दा पनि आइफोनलाई लामो समयसम्म चार्जमा राख्दा ब्याट्रीको स्वास्थ्य प्रभावित हुन सक्छ भनेर एप्पलले पनि भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप