शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फिल्म हिट भइरहँदा पनि डेली शोपमा किन काम गर्न चाहन्छन् विजय सेतुपति ?

शुक्रबार, १३ पुस २०८०, १४ : २९
शुक्रबार, १३ पुस २०८०

चेन्नई । दक्षिण भारतका लोकप्रिय स्टार हुन् विजय सेतुपति । उनी केही समय अघि मात्र शाहरुख खानको फिल्म ‘जवान’मा देखिएका थिए । 

फिल्ममा उनी खलपात्र कालीको भूमिकामा थिए । दर्शकहरूबाट अभिनयका लागि उनले खुब वाहवाही बटुले । फ्यानहरूले उनलाई निकै माया पनि दिए । अहिले विजयलाई दक्षिण भारतमा मात्रै होइन भारतीय बेल्टका दर्शकले पनि निकै मन पराइरहेका छन् । तर विजयको मन भने यतिबेला अन्तै छ । उनी फिल्ममा होइन सिरियलमा काम गर्न चाहन्छन् ।

फिल्ममा लाग्दैन मन

विजयलाई मन पराउने फ्यान लाखौं छन् । उनको लगभग सबै फिल्म बक्स अफिसमा ब्लकबष्टर वा हिट साबित भइरहेका छन् । यसका लागि उनले करोडौं भारु पारिश्रमिक पनि लिन्छन् । फिल्ममा यति धेरै माया र प्रसिद्धि पाएर पनि विजयलाई भने सिरियल्समा काम गर्न मन लागिरहेको छ । पिंकविलासँगको कुराकानीमा उनले आफ्नो भित्री चाहना व्यक्त गरेका थिए कि उनी डेली शोपको कलाकार बन्न चाहन्छन् ।

‘विजय सेतुपति बन्न निकै सजिलो छ । तिमी केही नगर । बस त्यति । बसेर मान्छेहरुलाई नियाल । मान्छेले के भनिरहेका छन् सुन । सुन्नु राम्रो कुरा हो । यसो गर्दा सबै कुरा क्लियर हुन्छ । म त सिरियलमा काम गर्न चाहन्थे, कलाकार बन्न चाहन्थे तर फिल्ममा आइपुगे । म फिल्मको हिरो बने, त्यसपछि सबै कुरा आफसेआफ हुँदै गयो । शायद म जीवनलाई त्यति गम्भीरतापूर्वक लिँदिन । म मात्रै बहावसँगै बग्दै जान्छु,’ उनले भने,‘मान्छेसँग लक्ष्य भयो भने उसलाई केही पाउनु पर्छ... मान्छेलाई शुरुमै हिड्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि अरु पनि भार थपियो भने त झनै अप्ठ्यारो हुन्छ । बहावसँग बगिरहनुस् । यो पनि एउटा अनुभव हो ।’  

विजय छिट्टै कट्रिना कैफको साथमा मेरी क्रिसमस फिल्ममा देखिँदैछन् । यो फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन् । कट्रिना र विजयको यो पहिलो फिल्म हुनेछ । हालै मात्र फिल्मको टिजर सार्वजनिक भएको थियो । फ्यानहरुले फिल्मको टिजर निकै मन पराए । फिल्ममा टीनु राज आनन्द, संजय कपूर, विनय पाठक, प्रतिभा कनन, राधिका आप्टे र अश्विनी कालसेकर पनि छन् । फिल्म यही जनवरी १२ मा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप