यो साता सुनको मूल्यमा १ लाख २२ हजारको रेकर्ड, तर चाँदीको घट्यो
काठमाडौँ । विश्व बजारको प्रभाव यो साता नेपाली बजारमा सुनको भाउ (मूल्य) ले हालसम्मको उच्च रेकर्ड राखेको छ । नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
पुस ८ गते (आइतबार) प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँबाट कारोबार सुरु भएको सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँसम्म पुग्यो । तर, साताको अन्तिम कारोबार दिन शुक्रवार भने सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्न पुगेको छ । अन्तिम दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ । यसो हुँदा यो साता सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ ।
यसैगरी तेजाबी सुनको मूल्य समेत यो साता ९ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख २० हजार एकसय रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने यो साता तोलामा ३० रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रवार (पुस ६ गते) प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी पुस १३ गतेसम्ममा ३० रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण