आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यो साता सुनको मूल्यमा १ लाख २२ हजारको रेकर्ड, तर चाँदीको घट्यो

शुक्रबार, १३ पुस २०८०, १४ : ४७
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । विश्व बजारको प्रभाव यो साता नेपाली बजारमा सुनको भाउ (मूल्य) ले हालसम्मको उच्च रेकर्ड राखेको छ । नेपाली बजारमा बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । 

पुस ८ गते (आइतबार) प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँबाट कारोबार सुरु भएको सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँसम्म पुग्यो । तर, साताको अन्तिम कारोबार दिन शुक्रवार भने सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घट्न पुगेको छ । अन्तिम दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ । यसो हुँदा यो साता सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । 

यसैगरी तेजाबी सुनको मूल्य समेत यो साता ९ सय रुपैयाँले नै बढ्दै प्रतितोला १ लाख २० हजार एकसय रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्य भने यो साता तोलामा ३० रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रवार (पुस ६ गते) प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी पुस १३ गतेसम्ममा ३० रुपैयाँले घट्दै १ हजार ४ सय ५५ रुपैयाँ कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप